
बिएल संवाददाता
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ।
विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने, 'पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो।'
अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। यसैगरी अझै जिल्लाका ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ। विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ।
ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा रु दुई हजार पाँच सय लिने गरेको छ भने पानीको अभाव पूरा गर्नका लागि ट्याङ्करबाट खेतमा पानी हाल्न प्रतिघण्टाको रु पाँच सय तथा प्रतिकामदार रु चार सय र १० किलो धान दिनुपर्ने गरेको छ। यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ। धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ।
गत आव २०८०/८१ मा जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार छ सय मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षका तुलनामा २८ हजार छ सय ८० मेटिकट्रन कम धान उत्पादन भएको बताइएको छ।
जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेको मा ७० प्रतिशत किसान धानखेतीमा संलग्न रहेका छन्। कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएकाले उत्पादनमा कमी आएको जनाइएको छ। अहिले ४२ हजार हेक्टर जमिनमा धान खेती भइरहको सो गणनामा उल्लेख गरिएको छ।
मधेस प्रदेश सरकारले कृषिमा आकर्षक नारा लगाए पनि किसानको समस्या समाधान हुन सकेको छैन ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया