बिएल संवाददाता
लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ। ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो।
ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरी सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा—सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न सुरु गरिएको जानकारी दिए। उनले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताए।
सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उनको भनाइ छ।
'लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ', ट्राफिक प्रमुख पुरीले भने, 'सडक डिभिजन र निर्माण कम्मनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखियुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ।'
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया