मङ्गलबार, १९ अगस्ट २०२५

सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै बन्द गर्ने प्रयास गर्‍याे: रवि लामिछाने (भिडियाे)

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए।

उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो। हिजो कुरा चल्यो फाइल तिमीहरुले होइन, हामीले खोलेका हौँ भनेर। अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो। फाइल तपाईंहरुले नै खोल्नुभएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो, जुन फाइलमा प्राण थियो।’

सोमबार, श्रावण १४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!