बिएल संवाददाता
इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ।
प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ। शभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए।
केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैंची बिरुवा लगिएका छन्। केन्द्रले रामसाही र गोलसाही जातको अलैंचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए।
अलैंची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैंचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ।
पछिल्लो समय अलैंची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन्। अलैंची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ।
गएको आर्थिक वर्ष (०८०/०८१) मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ। देशको १७ हजार चार हेक्टरमा अलैंची खेती भएको जनाइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया