बिएल संवाददाता
इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ।
प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ। शभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए।
केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैंची बिरुवा लगिएका छन्। केन्द्रले रामसाही र गोलसाही जातको अलैंचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए।
अलैंची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैंचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ।
पछिल्लो समय अलैंची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन्। अलैंची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ।
गएको आर्थिक वर्ष (०८०/०८१) मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ। देशको १७ हजार चार हेक्टरमा अलैंची खेती भएको जनाइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया