बिएल संवाददाता
खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ।
बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो।
वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।
उनका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो।
बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी र्दिए। बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया