बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्ने बताएका छन्।
काँग्रेसनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र सेनानीहरुको अभिलेख पार्टी कार्यालयमा राख्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौँ। केन्द्रीय समितिको बैठकपछि गर्ने अभियान छ। अक्षय कोष जम्मा दुईवटालाई मात्र दिने लक्ष्य हो। प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौँ।’
साथै उनले अरु व्यवस्था राज्यले गर्नुपर्ने बताए। उनले काँग्रेस पार्टीलाई जोगाउन आफूले ठुलो भूमिका खेलेको समेत उल्लेख गरेका छन्।
उनले भने, ‘नेपाली काँग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईंहरू कसैको शिर ननिहुरियोस्। कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा काँग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ। कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला। तर प्रयत्न गर्ने कुरा छोडेको छैन, छोड्दैनौँ।’
महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए। पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्याउने उनको भनाइ थियो।
पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए। पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया