बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्ने बताएका छन्।
काँग्रेसनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र सेनानीहरुको अभिलेख पार्टी कार्यालयमा राख्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौँ। केन्द्रीय समितिको बैठकपछि गर्ने अभियान छ। अक्षय कोष जम्मा दुईवटालाई मात्र दिने लक्ष्य हो। प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौँ।’
साथै उनले अरु व्यवस्था राज्यले गर्नुपर्ने बताए। उनले काँग्रेस पार्टीलाई जोगाउन आफूले ठुलो भूमिका खेलेको समेत उल्लेख गरेका छन्।
उनले भने, ‘नेपाली काँग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईंहरू कसैको शिर ननिहुरियोस्। कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा काँग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ। कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला। तर प्रयत्न गर्ने कुरा छोडेको छैन, छोड्दैनौँ।’
महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए। पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्याउने उनको भनाइ थियो।
पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए। पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया