बुधबार, २७ अगस्ट २०२५

बालिकालाई घरलु कामदारमा राखेर करणी गर्ने एक जना पक्राउ

तस्बिर: मेट्रो न्युज
• • •

बालिलकालाई घरेलु कामदारका रुपमा राखेर करणी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन्। १७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा काठमाडौं-१४ कुलेश्वरका एक पुरुष पक्राउ परेका हुन्। 

पक्राउ पर्नेको परिचय खुलाइएको छैन। पक्राउ परेका ती पुरुषलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ। साथै बालिकाको उद्धार गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ। 

काठमाडौँ महानगरले घरेलु कामदारमा राखिएका बालबालिकाका अध्ययनक्रममा ती बालिलकाले आफूमाथि घरकै मालिकले करणी गर्ने गरेको बताएकी थिइन्। त्यसपछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो। 

काठमाडौँ महानगरले हालसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई  उद्धार गरिसकिएको छ। जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ। 

बिहिबार, भाद्र २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)