बिएल संवाददाता
नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।
आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका सांसद केसीलाई कारागार चलान गरिएको हाे।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका उनी आइतबार कारागार चलान भएका हुन्।
सम्बन्ध विच्छेदको नक्कली कागजात बनाएका केसीलाई २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएकाे थियाे। तर उनले हालसम्म सजाय भुक्तान गरेका थिएनन्। उनी प्रहरीको फरार सूचीमा थिए।
केसी गत निर्वाचनमा कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया