आइतबार, १७ अगस्ट २०२५

सडकमा पहिरो खस्याे, कर्णाली राजमार्ग बन्द

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

बुधबार राति सडकमा पहिराे खासेपछि कर्णाली राजमार्ग बन्द भएको छ। बिहानैदेखि सवारी साधन ठप्प छन्। कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । 

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन्। सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ। 
 

बिहिबार, आश्विन १०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)