
ईश्वरी राई (इशु)
बजारमा किनमेल गर्ने मान्छेको भीड, लिङ्गे पिङ बनाउनेको लर्को अनि फस्टाउँदै गरेको चङ्गाको व्यापार।
दशैंले घर–आँगनको संघार टेकिसकेको संकेत हो यो।
दशैं सुरु भएसँगै चङ्गा उडान थालिन्छ।
चङ्गा उडाउनु रमाइलोको लागि मात्र नभई त्यसको पछाडि छुट्टै किम्बदन्ती छ। चङ्गाको नाता सिधैं भगवना इन्द्रसँग जोडिएको छ।
किम्बदन्ती अनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्नेबेला भइकसकेको हुनाले पानीका राजा इन्द्रलाई अब पानी चाहिँदैन भन्ने सन्देश दिनका लागि चङ्गा उडाउन थालिएको हो। र, चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ।
000
इन्द्रजात्राअघि चङ्गा उडाउँदा छिमेकीहरूकाे गाली खाएको पाटनका विजय देउलालाई हिँजोजस्तो लाग्छ।
उनलाई अझै याद छ, धानबाली नपाक्दै चङ्गा उडाउँदा छिमेकीहरूले पानी पुगेको छैन भन्दै गालीका गरेका दिनहरू।
‘हाम्राे पसल नहुँदा पनि मैले चङ्गा किनेर उडाउँथें तर कराउनुहुन्थ्यो’, उनी सम्झन्छन्, ‘त्यसैले हामी जात्रापछि मात्र चङ्गा उडाउने गथ्याैं।’
तीन दशकअघि वर्षअघि दशैंको माहोलमा चङ्गाले भरिन्थ्यो, काठमाडौं उपत्यका। यतिसम्म हुन्थ्यो कि भुइँसमेत चङ्गाले रंगिन्थ्यो।
२५–३० वर्षअघि दशैंको रौनक थियो। उनलाई लिनका लागि भक्तपुरबाट मामाका छोरा आएका थिए। आफूलाई लिन आएका दाइसँग उनी पाटनबाट निस्किए।
त्योबेला अहिलेजस्तो जस्ताततै गाडीको सुविधा थिएन। त्यसैले दुई दाजुभाइ हिँड्दै पाटनबाट भक्तपुरसम्म पुगे।
तर घर पुग्दासम्म उनको हातमा ४२ वटा चङ्गा भेला भएका थिए। जसलाई उनले बाटोबाट एक–एक गरेर बटुलेका थिए।
‘त्यतिबेला यतिधेरै चङ्गा उडाइन्थ्यो कि सडक नै चङ्गाले भरिएको देखिन्थ्यो’, उनले भने, ‘मलाई प्रस्टै याद छ। मामा घर जाँदा मैले ४२ वटा चङ्गा भेटाएको थिएँ।’
आकाशमा उडाएका चङ्गा चेट भएकाहरूलाई उनले भेला पारेका थिए। ‘त्योबेला हामी दिनभरि चङ्गा उडाउने गथ्यौं र एकअर्कोकोे चङ्गा धागोले चुटाएर चेट गरिरिन्थ्यौं। खुब मज्जा आउँथ्यो’, उनले बताए।
तर अहिले पहिलेजस्तो रौनक नै कहाँ छ र चङ्गाको। मोबाइलमा व्यस्त हुने अहिलेका युवापुस्तालाई चङ्गाको महत्व थाहै नभएको विजयको भनाइ छ।
पाटनको त्यागलमा सबैभन्दा पुरानो पसल छ, विजय देउलाको। तीन पुस्तादेखि चङ्गाको व्यापार गर्दैआइरहेको छ, देउला परिवार।
३५ वर्षदेखि सुरु गरिएको ‘चङ्गा चेट’ पसलमा बनाइने गरिन्थ्यो, चङ्गा र लट्टाइहरू। एक रुपैयाँ सबथोक पाइन्थ्यो।
तर समयल बदलियो। र, स्वदेशमा बेचिने चङ्गाहरू विदेशबाट ल्याउनुपर्याे अहिले त नेपालमा चङ्गा बनाउने मानिसहरू सायदै भेटिन्छन्।
‘पहिले हाम्रै पूर्खाहरूले चङ्गा बनाउनुुहुन्थ्यो तर उहाँहरूको निधनपछि चङ्गा बनाउने चलन पनि हरायो’, बिएल नेपाली सेवासँग उनले भने, ‘अहिलेको पुस्ताले जान्दैनन् चङ्गा बनाउने तरिका।’
३५ वर्षअघि सुरु भएको देउलाको ‘चङ्गा चेट’ पसलमा नै बनाइन्थ्यो, चङ्गा र लट्टाइहरू।
तर समय बित्दै गए। नेपालमा चङ्गा पनि बनाउनै छोडियो। र, भारतबाट ल्याउन थालियो।
विशेषगरी दशैंलाई लक्षित गरेर नेपाल ल्याइएका चङ्गा र लट्टाइभन्दा नेपालमा बनाइएका सामानहरू गुणस्तर हुने विजयको भनाइ छ।
उबेला नेपाली कागजको चङ्गा बनाउने गरिन्थ्यो। एउटै लट्टाइ २० वर्षसम्म टिकेको उनले बताए।
‘प्रोडक्ट त नेपालकै राम्रो होनि तर अब कसले बनाउँछ र चङ्गा?’, उनले भने, ‘पहिले हाम्रो पुख्याहरूले बनाउनुहुन्थ्यो। उहाँहरूको निधनसँगै चङ्गा बनाउने चलन पनि हरायो।’
तर यो वर्षदेखि देउलाको परिवारले स्वदेशमै बनाइएका चङ्गाहरू पनि बेच्न थालेको छ।
नेपाली चङ्गालाई सुमसुमाउँदै उनले भने, ‘नेपाली प्रोडक्टको माया लाग्दो रहिछ।’
नेपाली समाजलाई चिनाइरहेका चङ्गाको चलन र व्यापार घटेको कारण दुखी छन्, विजय देउला।
कुनैबेला दिनको पच्चीस हजारसम्म चङ्गाको व्यापार गर्थे उनले तर अहिले व्यापार घटको छ। पन्ध्र हजारको चङ्गाको व्यापार गर्न पनि मुश्किल परेको देउलाको दुखेसो छ।
देउलाको पसलमा हजारौं रङ्गी–विरङगी चङ्गाहरू छन्। जसको मूल्य ५ रुपैयाँदेखि २० रुपैयाँ पर्छन्। त्यसैगरी उनले बेचिरहेका लट्टाइको मूल्य पनि सयदेखि हजार रुपैयाँसम्म पर्छन्।
पाटनको त्यागलमा सबैभन्दा पुरानो उनीहरूको छ। त्यसैले पनि उनीकहाँ चङ्गा किन्ने व्यापारदेखि सर्वसाधारण छन्।
तर कहिलेकाहीँ उनै ग्राहकहरूको कारण नरमाइलो लाग्ने गरेको उनी सुनाउँछन्, ‘चङ्गा किन्न आउँछन् तर त्यसमा धाँगो लगाउन जान्दैनन्। त्यो देख्दा नमज्जा लाग्छ।’
अहिलेका प्राविधिक युगभन्दा आफूले बिताएका पुरानै दिनहरू रमाइलो रहेको उनको अनुभव छ। देउलाको अनुसार अहिलेका युवापुस्ताहरूले चङ्गा उडाउनै जान्दैनन्।
‘अहिले सबैजना मोबाइलमा व्यस्त हुन्छन्। घरबाहिर निस्किन मान्दैनन्। कतिपयलाई त चङ्गा उडाउनुको कारण पनि थाह छैन’, देउला भन्छन्, ‘म धेरै खुसी छु। मैले चङ्गाको महत्व बुझेको छु र उडाएको पनि छु।’
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया