टोपेन्द्र रोका मगर
सानीभेरी नदी गण्डकी प्रदेशलाई मुहान बनाएर बगेकाे नदी हाे। गण्डकी प्रदेशकाे धैलागिरी हिमालकाे दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाए पनि यस नदीले धेरै रूकुम (पूर्व र पश्चिम) जिल्लालाई छिचाेलेकाे छ।
रूकुम जिल्लालाई सिन्चित गरेर हाेस् वा साैन्दर्य थपेर हाेस् यस नदीले रूकुमेली बस्तीमा प्राण भरेकाे छ। पहाडमा डम्म भएर बसेका बस्तीकाे फेदबाट वारी र पारी ठाेक्किँदै कलकल बगेकाे नदीले यहाँकाे साैन्दर्यतामा उचाइ थपेकाे छ।
खुला आँखाले बस्ती र नदीलाई नियाल्दा यस्ताे लाग्छ सानीभेरी नदी रूकुमेली बस्तीका लागि बनेकाे हाे। त्यसैले त जति नियाल्याे त्यति नियमाल्न मन लाग्छ। अझ नदीका किनारबाट बनेका सडकमा यात्रा गर्दा नदीकाे चिसाे सिरेटाेले यात्रालाई आनन्दित बनाइदिन्छ।
गण्डकी प्रदेशकाे बाग्लुङ ढोरपाटन हुँदै यस नदी लुम्बिनी प्रदेशकाे रुकुम पूर्वमा प्रवेश गर्छ। रूकुम पूर्वमा तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा हुँदै कर्णाली प्रदेशस्थित रूकुम पश्चिमकाे बाफिकाेटलाई स्पर्श गर्दै बग्छ।
बाफिकाेटलाई स्पर्श गर्दै मुसिकाेट नगरपालिका हुँदै सानीभेरी रुकुम र जाजरकोटको बीचमा पर्ने रिम्ना भन्ने स्थानमा पुगेपछि ठूलीभेरीसँग मिसिएर बग्छ।
-हेर्नुहाेस् रूकुम पूर्व र पश्चिमका विभिन्न ठाउँबाट कैद गरिएका तस्बिरहरू








‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया