
टोपेन्द्र रोका मगर
सानीभेरी नदी गण्डकी प्रदेशलाई मुहान बनाएर बगेकाे नदी हाे। गण्डकी प्रदेशकाे धैलागिरी हिमालकाे दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाए पनि यस नदीले धेरै रूकुम (पूर्व र पश्चिम) जिल्लालाई छिचाेलेकाे छ।
रूकुम जिल्लालाई सिन्चित गरेर हाेस् वा साैन्दर्य थपेर हाेस् यस नदीले रूकुमेली बस्तीमा प्राण भरेकाे छ। पहाडमा डम्म भएर बसेका बस्तीकाे फेदबाट वारी र पारी ठाेक्किँदै कलकल बगेकाे नदीले यहाँकाे साैन्दर्यतामा उचाइ थपेकाे छ।
खुला आँखाले बस्ती र नदीलाई नियाल्दा यस्ताे लाग्छ सानीभेरी नदी रूकुमेली बस्तीका लागि बनेकाे हाे। त्यसैले त जति नियाल्याे त्यति नियमाल्न मन लाग्छ। अझ नदीका किनारबाट बनेका सडकमा यात्रा गर्दा नदीकाे चिसाे सिरेटाेले यात्रालाई आनन्दित बनाइदिन्छ।
गण्डकी प्रदेशकाे बाग्लुङ ढोरपाटन हुँदै यस नदी लुम्बिनी प्रदेशकाे रुकुम पूर्वमा प्रवेश गर्छ। रूकुम पूर्वमा तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा हुँदै कर्णाली प्रदेशस्थित रूकुम पश्चिमकाे बाफिकाेटलाई स्पर्श गर्दै बग्छ।
बाफिकाेटलाई स्पर्श गर्दै मुसिकाेट नगरपालिका हुँदै सानीभेरी रुकुम र जाजरकोटको बीचमा पर्ने रिम्ना भन्ने स्थानमा पुगेपछि ठूलीभेरीसँग मिसिएर बग्छ।
-हेर्नुहाेस् रूकुम पूर्व र पश्चिमका विभिन्न ठाउँबाट कैद गरिएका तस्बिरहरू
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया