बिएल संवाददाता
विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली अमेरिकामै लुकेको एक आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार सन् २०१४ देखि २०२३ सम्म ओभर स्टे भएका ९,०३२ नेपालीमध्ये १,८८९ ओभर स्टे भएर फर्के पनि ७,१४३ भने अमेरिकामै लुके ।
नेपालीहरूको यो संख्या भिजिटर भिसामा माथिल्लो बाटोबाट आएका र निर्धारित समयमा नेपाल नफर्केर लुकनेहरूको हो । यो संख्यामा मानव तस्करहरूले तल्लो बाटोबाट ल्याएका हजारौं नेपालीहरूको संख्या जोडिएको छैन ।
यसरी लुकेका धेरैजसो नेपालीले अमेरिकामा शरणका लागि आवेदन दिएको र केहीले शरणको प्रक्रियाबाट अमेरिकी कागजात पनि प्राप्त गरिसकेका छन् । केही त ग्रीन कार्ड हुँदै अमेरिकी नागरिक भएर नोभेम्बर ५ को चुनावमा मतदान पनि गर्दैछन् ।

अझै पनि नेपाल अमेरिकामा लुकेर बस्नेहरूको संख्याको हिसाबले डेन्जर जोनमा पुगिसकेको छैन। त्यसैले अमेरिकामा रहेका नेपालीले सगौरव भन्न सकेका छन्, 'हामी अमेरिकामा धेरै लुक्ने देशबाट आएका हैनौं ।'
१० वर्षमा ७,१४३ नेपाली लुक्नु भनेको औसतमा वर्षको ७१४ नेपाली लुक्नु हो । त्यो भनेको दिनमा लगभग दुई जना नेपाली अमेरिकामा गैरकानूनी रूपमा लुक्नु हो । के यो संख्या स्वभाविक हो ? यसले नेपालीलाई भिसा दिनमा बढी अप्ठ्यारो त पारिरहेको छैन ? अमेरिकामा लुक्ने अरू देशका मानिसको संख्याको तुलनामा यो बढी हो कि कम हो ? यस्ता प्रश्नहरू जरूर उठ्छन् ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकलाई विश्लेषण गर्ने हो भने यो संख्या खासै अस्वभाविक देखिदैन । लुक्ने नेपालीहरूको संख्या अनुपातमा मध्यम भए पनि संख्यामा ठूलो हैन । पर्यटन भिसामा अमेरिका आएर ठूलो संख्यामा अरू देशका नागरिकहरू पनि नेपालीझैं लुक्छन् । भूगोल र जनसंख्यामा ठूलो भएका तेस्रो विश्वका देशका नागरिकहरू नेपालीभ भन्दा धेरै नै वर्षेनी अमेरिकामा लुक्छन् । यसरी लुक्नेहरूको संख्या सबैभन्दा बढी एसियाबाट हुन्छ । त्यसमा पनि दक्षिण एसियालीहरू यस मामिलामा अलि बढी नै बदनाम छन् ।
अझै पनि नेपाल अमेरिकामा लुकेर बस्नेहरूको संख्याको हिसाबले डेन्जर जोनमा पुगिसकेको छैन । यही कारण अमेरिका आउने नेपालीले भिसा स्विकृतिका लागि धरौटी राख्नुपर्ने अवस्था छैन । कतिपय देशका नागरिकले अहिले अमेरिकाको भिसा लिन हजारौ डलर धरौटी राख्नुपर्ने अवस्था छ। ती देशबाट भिजिटर भिसामा अमेरिका आएका धेरैजसो यतै लुकेका कारण उनीहरू धरौटीको चर्को मारमा परेका हुन् । धन्य, नेपाल भने त्यो अवस्थाबाट अझैसम्म मुक्त छ । त्यसैले अमेरिकामा रहेका नेपालीले सगौरव भन्न सकेका छन्, 'हामी अमेरिकामा कम लुक्ने देशबाट आएका हौं।'
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया