बिएल संवाददाता
बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को जित हासिल गरेको छ।
आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो।
डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले योसँगै १२ खेलबाट ३३ अंक पुर्याएको छ। जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो।
१२औं मिनेटमै लमिन यमलको क्रसमा ओल्मोले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। २३औं मिनेटमा राफिन्हाले उक्त अग्रता दोब्बर बनाए। यसपल्ट मार्क कासाडोको क्रसमा गोल सम्भव भएको हो।
३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।
उनले एलेजान्ड्रो बाल्डेको पासमा गोल गरेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया