बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।
राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन्।

उनी सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका थिए।
यसैगरी, उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे।
राष्ट्रपति पौडेल गुहृश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।




प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया