रातोपाटी
मेनपावर व्यवसायी हरि थापाले केही समय अगाडि काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले टिकट काटे । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि उनले ३० हजारदेखि बढीमा ४० हजार रूपैयाँमा हवाई टिकट पाउँदै आएको तर अहिले साउदीका लागि न्यूनतम एक लाख ६ हजार ३४८ रूपैयाँको टिकट उपलब्ध रहेको बताए ।
त्यस्तै अधिकतम ४० हजार रूपैयाँमा पाइने मलेसियाको हवाई टिकट अहिले न्यूनतम ७४ हजार रुपैयाँ छ । काठमाडौँबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि ७४ हजार ५४१ देखि एक लाख ८२ हजार २९५ रूपैयाँसम्मको टिकट उपलब्ध छ ।
काठमाडौँदेखि दुबईसम्मको हवाई भाडामा समेत तीन गुणा वृद्धि भएको छ । ३० देखि ४० हजार रुपैयाँ हाराहारीमा रहेको हवाई टिकटको हाल न्यूनतम भाडा एक लाख तीन हजार ८१८ देखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया