बिएल संवाददाता
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ।
बधुबार जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेकाे बयान चलिरहँदा उनका समर्थक र प्रहरीबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यलय र सरकारी वकिल कार्यालयकाे बीचका रविका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। साे क्रममा रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेकाे थियाे भने प्रहरीले पनि लाठीचार्ज गरेको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ। झडपका क्रममा दर्जनाैँ प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया