बिएल संवाददाता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए।
सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए।
उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ। मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो। यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न। जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ। यो पीडाबाट म आफै ‘परिसान’ छु।’
अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ।
उनले भने, ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन। तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ। राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ।’
उनले आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया