बिएल संवाददाता
मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर गरिएको हो।
प्रिमियर समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको सहभागिता थियो। प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखुलगायतको उपस्थिती थियो। दीया र सिर्जनाले शेर्पा पोशाकमा सौन्दर्य छरेका थिए।
शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए। उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गरेका थिए।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्। यो फिल्म शुक्रबारदेखि देशव्यापी १३० शोसहित प्रदर्शनको तयारीमा छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया