बिएल संवाददाता
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिजकुमार राईलाई निलम्बन गर्न माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ।
युवराज सफलले तथ्य र प्रमाण हुँदाहुँदै पनि न्यून धरौटीमा लामिछानेसहितका प्रतिवादीलाई छोडेको भन्दै शुक्रबार परिषद्मा उजुरी दर्ता गरेका हुन्। न्यायाधीश राईको भूमिका र चरित्रमाथि गम्भीर अनुसन्धान हुनुपर्ने उजुरकर्ताको माग छ।
सहकारी प्रकरणमा विगतको नजिर, अभ्यास र पीडितको न्यायको प्रश्नमा अदालत चुकेको युवराजको दाबी छ। न्यायाधीशले हचुवामा बदनीयतपूर्ण आदेश गरेकाले हजारौँ पीडित थप अन्यायमा परेको जिकिर गर्दै उजुरीमा मुद्दासम्बन्धी सम्पूर्ण कागजातको सक्कल प्रति झिकाएर छानबिन गर्न माग गरेका छन्।
उजुरीको अन्तिम किनारा नलाग्दासम्म न्यायाधीश राईलाई निलम्बन गरी अदालतको दैनिक काम कारबाहीमा सहभागी नगराउनसमेत न्याय परिषद्लाई आग्रह गरिएको छ।


अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया