बिएल संवाददाता
प्रहरीले पर्साको विरगंजबाट खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सञ्चालक हारून मियाँ अन्सारी छन्।
प्रहरीले आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना पाएको थियो। माघ २८ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले क्त पसलको तलासी लिंदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
प्रहरीले अन्सारीलाई उक्त खसीको अण्डकोष टाँसिएको करिब १५ किलो बाख्राको मासु सहित नियन्त्रणमा लिएर कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया