बिएल संवाददाता
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री फेला परेको छ।
विमानस्थल अध्यागमनको महिला शौचालयमा १ सय २५ ग्रामका २ वटा सुनका सिक्री फेला परेका विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
सुन कसले छोडेको हो भन्ने खुलेको छैन। सुन मालिक पत्ता नलागे राष्ट्र बैंकमा जफत हुने र सो रकम राजश्वको खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ।
स्रोतका अनुसार उक्त सुन तस्करीको हुन सक्ने आशंका छ। मंगलबार अर्को सफाइ कर्मचारी शौचालयमा पुगेपछि सुनको पोल खुलेको थियो।
यसअघि सरसफाइ कर्मचारीसँगको सेटिङमा सुन बाहिरिएको हुन सक्ने आशंका गरिएको छ। त्रिभुवन विमानस्थलमा कडाइ हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन लागेको स्रोतको दाबी छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया