बिएल संवाददाता
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री फेला परेको छ।
विमानस्थल अध्यागमनको महिला शौचालयमा १ सय २५ ग्रामका २ वटा सुनका सिक्री फेला परेका विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
सुन कसले छोडेको हो भन्ने खुलेको छैन। सुन मालिक पत्ता नलागे राष्ट्र बैंकमा जफत हुने र सो रकम राजश्वको खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ।
स्रोतका अनुसार उक्त सुन तस्करीको हुन सक्ने आशंका छ। मंगलबार अर्को सफाइ कर्मचारी शौचालयमा पुगेपछि सुनको पोल खुलेको थियो।
यसअघि सरसफाइ कर्मचारीसँगको सेटिङमा सुन बाहिरिएको हुन सक्ने आशंका गरिएको छ। त्रिभुवन विमानस्थलमा कडाइ हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन लागेको स्रोतको दाबी छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया