बिएल संवाददाता
चलचित्र ‘राजागंज’को बिहीबार साँझ प्रिमियर गरिएको छ। काठमाडौंको बिग मुभिजमा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरूको पनि उपस्थिति थियो।
प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए।
‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्वपुर्ण अंशहरू काटिएको छ भन्ने सुनें। कति काटिएको हो? यदी मुख्य अंश काटिदा फिल्मको टाउकै काटिए जस्तो हुन्छ। त्यसो गर्नु उपयुक्त हुँदैन। हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ। मेहेनत गरेर बनाएको फिल्मको आधारभुत पक्ष नै काटियो भने फिल्म माथि नै अन्याय हुन्छ। त्यस हिसाबले पनि बेठिक हुन्छ।’
विशेषगरी चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो।
त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो।
बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया