बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पत्रकारमाथि धरपडकको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
पार्टीको शनिबार बसेको आकस्मिक सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकले स्पष्ट रूपमा सरकारलाई निर्देशन दिएको बताए।
सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही नभएको बताएका छन्। सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान र लोकतन्त्रमा आँच आउने क्रियाकलापमा संलग्नहरू सजायको सजायको भागिदार हुनुपर्ने बताए।
उनले भने, ‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन। संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन। यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्नेछ, त्यसले जिम्मेवारी लिनुपर्दछ भन्ने कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौँ। पार्टीले पनि निर्णय गरेको छ।’
संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने र त्यसविरुद्धका गतिविधि स्वीकार्य नहुने उनले चेतावनी दिए। चेतावनी दिए।
प्रवक्ता खरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा रास्वपा कहिल्यै, कसैसँग पनि सम्झौता नगर्ने बताउँदै सोधपुछका नाममा पत्रकारहरूमाथि धरपकड गर्ने कार्य गलत रहेको बताए।
उनले प्रधानमन्त्री कार्यालयबाट धरपकडमा संलग्नता नरहेको जवाफ आएको विषयमा पनि सचिवालय बैठकमा कुराकानी भएको खुलाए।
उनले पत्रकारमाथि धरपकडमा संलग्नहरूमाथि ढिलासुस्ती नगरी कारबाही गरेर परिणाम देखाउन सचिवालय बैठकले सरकारलाई निर्देशन दिएको बताए।
उनले भने–
हिजो जुन प्रकारको घटना भयो, पत्रकारमाथि सोधपुछ गर्ने नाममा जहाँबाट जसरी भयो, त्यो गलत भयो भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रहेको छ। पत्रकार तथा सञ्चारकर्मीमाथि सोधिखोजी गर्ने काम अझ त्यसमाथि पनि समाचार कक्षमै प्रवेश गरेर। यो किन भयो कसरी भयो, कसले गर्यो यो विषयमा छानबिन गर्ने, पत्ता लगाउने र गर्नेलाई कारबाही गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको यो सचिवालय बैठक निर्देशन दिन्छ। कारबाही गर्ने काममा कुनै पनि ढिलासुस्ती नगर्न पनि शिघ्रातिशिघ्र कारबाही गरेर परिणाम देखाउनका लागि सरकारलाई निर्देशन दिएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया