बिएल संवाददाता
सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेका छन्।
बुधबार असनमा बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो।
भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए। साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे।
उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ। यसको पुनर्निर्माणको काम सकिने भनेर मिति तोकिएको छ। आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु। यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु।’
करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुनर्निर्माणको काम भइरहेको छ। अहिलेसम्म करिब ८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया