बुधबार, २७ अगस्ट २०२५

जेठ १५ गते गणतन्त्र अन्त्य गर्ने जगमान गुरुङको घोषणा

Break n Links
• • •

राजतन्त्र पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले गणतन्त्र दिवसकै दिन गणतन्त्र अन्त्य हुने ठोकुवा गरेका छन्।

शनिबार पृथ्वीपथको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले जेठ १५ गते गणतन्त्र अन्त्य हुने घोषणा हुन्। 

उनले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ। हामी तयार छौं।’

शनिबार, बैशाख ०६, २०८२
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)