बिएल संवाददाता
रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीनजना बालक बेपत्ता भएका छन्।
नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजेतिर उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ।
बेपत्ता हुनेहरूमा सोही ठाउँका १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन्।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर खोजीकार्य सुरु गरिसकेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया