बिएल संवाददाता
सर्वोच्च अदालतले काठमाडौं गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश नहकुल सुवेदीको एक इजलासले शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो।
सर्वोच्चले कक्षा १२ को परिक्षा पनि समयमै गर्न र एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था आउन नदिन आदेश दिएको छ।
शिक्षक आन्दोलनका कारण देशभरका लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीले गत चैत १० गते रिट दायर गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया