
नेपालीलाई दशै आइरहेको बेला दुबइमा कार्यरत् ६ नेपालीका लागि भने दशा आएको छ । दशा आउनेमा नारायणप्रसाद पोखरेल, दीपक बिक, कृष्णबहादुर पुन, नयराम साउद, रमेश चौधरी र दानबहादुर सत्याल रहेका छन्।
उनीहरूले दुबईको मोहम्मद विन जायद सडकमा सोमबार विहान ४:५४ मा भएको एक सडक दुर्घटनामा ज्यान गुमाए ।
मरर्दिफ सिटी सेन्टरबाट सारजहाँतर्फ जाँदै गरेको उनीहरू चढेको माइक्रो बस लरीमा ठोकिएर यो सडक दुर्घटना भएको थियो ।
फस्ट सेक्युरेटी कम्पनीमा उनीहरूको शवलाई रसिद अस्पतालबाट शवगृहमा सारिएको बताइएको छ ।
दुरघटनामा ६ नेपालीसहित अन्य दुईजनाको पनि ज्यान गएको छ ।
दुर्घटनामा अन्य देशका ६ सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ दुर्घटना परी अन्य ६ जना घाइते छन्। घाइतेहरु भने नेपाली नागरिक होइनन् ।
नेपाली दूतावासका एक अधिकारीले उनीहरू नेपालको कुन ठाउँबाट आउका हन् ?, त्यसबारेमा खोजबिन भैरहेको बताए ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया