सोमबार, ११ अगस्ट २०२५

इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास

News Image
तस्बिरः अनलाइनखबर
• • •

३ वैशाख, काठमाडौं । विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् ।

सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई लाख रुपैयाँसम्म कमाउन थालिसकेकी थिइन् । राम्रो आम्दानी भएपछि उनलाई पनि फर्किहाल्न मन लागेन । घर श्रीमानले सम्हालेकै थिए, त्यसैले उनी लामो समय इजरायलको रोजगारीमै व्यस्त भइन् ।

सुनिता वर्षमा एकपटक विदा लिएर नेपाल आउँथिन् । तर, सरकारी जागिरे श्रीमानले घर विदा आएकी सुनितालाई धेरै समय दिन भ्याउँदैनथे । सुनिता केही समय नेपालमा बसेर फर्किन्थिन् ।

समयक्रमसँगै सुनिता सामाजिक सञ्जाल फेसबुकमा भेटिएका एक व्यक्तिसँग नजिकिन थालिन् । करिव ५ वर्ष अगाडि फेसबुकमार्फत साथी बनेका रामेछापका मीनप्रसाद श्रेष्ठसँग सुनिता आफ्नो मनका बह पोख्थिन्

बुधबार, बैशाख ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)