‘रोयल इनफिल्ड’ को ३५० सिसिको क्लासीक बाइक नेपाली बजारमा

तस्बिरः बिएल

विश्वकै पुरानो मोटरसाईकल ‘रोयल इनफिल्ड’ ले ३५० सिसिको मोडल क्लासीक बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ।

Royal Enfield 350cc Gunmetal Grey, Sporty Look, Mat Finish, Rear Disc Brake सहित विशेषतामा उपलब्ध छ।

Royal Enfield 350cc Classic ले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको कम्पनीको दाबी छ।

विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९ वटा शाखा एवं डिलरमार्फत यसको विक्री वितरण गर्ने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

रोयल इनफिल्ड दोस्रो विश्वयुद्व पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँछ।

रोयल इनफिल्ड क्लासिक ३५० सिसि इन्जिन, हेडलाइट, फ्यूल ट्याङ्क, ड्यूल डिस्क ब्रेक, ओभल टुल बक्स, Exhaust Fins, Speedometer Dials, Single Seat Spring, Saddle Tail Light Assembly र Headlight Cap मा देख्न सकिन्छ।

हाल थपिएको Rear Disc Brake का कारण टुरिङ, दैनिक राइडिङका लागि सुरक्षित भइरहेको Royal Enfield अब झन सुरक्षित हुनेमा कम्पनीले विश्वास दिलाएको छ।

Royal Enfield Classic 350cc Gunmetal Grey with Rear Disc Brake लाई केही समय सम्मका लागि ५ लाख १५ हजारमा  खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

रोयल इनफिल्ड क्लासिक गन मेटल ग्रे को १९ वटै शाखा तथा डिलरहरु बाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

विश्वमा मिड साईज मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इनफिल्ड विश्वको नम्बर १ कम्पनी हो।

प्रकाशित मिति: : 2019-06-04 18:11:19

प्रतिकृया दिनुहोस्