आइतबार, १७ अगस्ट २०२५

आइफा अवार्ड आयोजनाबाट पछि हट्यो पर्यटन बोर्ड

News Image
नेपाल लाइभ
• • •

काठमाडौं– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा नहुने निश्चित भएको छ।

सरकार नै आयोजक भएको भन्दै आइफा अवार्डको आलोचना हुँदै आएको थियो। अवार्ड नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो।

'संसदीय समितिको निर्देशन अनुसार अब हामी आइफा अवार्ड आयोजना नगर्ने अवस्थामा पुगेका छौं,' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, 'स्थगितको औपचारिक निर्णय गर्न बाँकी छ।' 

संसदीय समितिले अवार्ड आयोजनाले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको थियो।

बुधबार, असार १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)