मङ्गलबार, १२ अगस्ट २०२५

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

News Image
तस्बिरः नेपाल समाचारपत्र
• • •

काठमाडौं।नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन।

संघीय संसद्को राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेसका सांसदहरूले विदेशी ज्वाइँ र विदेशी बुहारीले नेपाली नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग उठाएपछि सहमति हुन नसकेको हो। राजनीतिक दलबीच सहमति गरेर २०६३ सालको ऐन जारी गरेको स्मरण गराउँदै प्रमुख प्रतिपक्षी दलले सो ऐनमा विदेशी बुहारीले विदेशको नागरिकता छाडेपछि नेपाली नागरिकता पाउने प्रावधान रहेको र अहिले पनि सोही प्रावधान कायम राख्नुपर्ने अडान लिएको छ।

आइतबार, भाद्र २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)