शुक्रबार, ०८ अगस्ट २०२५

जिप दुर्घटनामा दुई घाइते

News Image
फाइल तस्बिर
• • •

डोल्पाको सूपानीबाट दुनै आउँदै गरेको जिप दुर्घटना भएको छ। बिहान पौने ७ बजे बजे त्रिपूरा सुन्दरीको सूपानीबाट सदरमुकाम आउँदै गरेको भे १ च १९१५ नम्बरको जिप भेत्तीमा सडकबाट ६० मिटर तल खस्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जिपधनी चन्द्ररुप कठायतका छोरा २० वर्षका नरेन्द्र कठायत र १३ वर्षका आकाश विक छन्। नरेन्द्रको टाउकोमा चोट लागेको छ। दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायाण रञ्जितकारले बताए।

जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रञ्जितकारले बताए।

बिहिबार, आश्विन ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)