सोमबार, ११ अगस्ट २०२५

गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न देउवाको आग्रह

News Image
फाइल तस्बिर
• • •

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

१ सय ५० औं गान्धी जयन्तीको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए ।

गान्धीले अहिंसाको बलमा तत्कालीन अङ्ग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए ।

 

बुधबार, आश्विन १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!