
महानगरीय अपराध महाशाखाको टोलीले बालुवा, गिटीलगायत निर्माण सामाग्रीमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ।
टोलीले शुक्रवार बिहान काठमाडौंका विभिन्न स्थानमा रहका निर्माण सामाग्री ढुवानी डिपोहरुमा अपरेशन सञ्चालन गरेको थियो। २३ वटा डिपोमा छापा मार्दा २३ वटाले नै उपभोक्तालाई ठगी गर्ने गरेको भेटिएको प्रहरीले जानकरी दिएको छ।
उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए । त्यस्तोमा उपभोक्तालाई एक हजार ६ सय देखि दुई हजार २ सय सम्म रकम बढी पर्न जाने महाशाखाका एसएसपी थापाले बताए। 'उपभोक्तालाई ठग्ने मनासयले नै ट्रकमा कम सामाग्री जाने गरि फ्रेम र ढलान गरेको भेटियो।' एसएसपी थापाले भने।
पक्राउ पर्नेमा गुण्डानाइके बाघेसमेत रहेका छन् । उनी जेबीएस सप्लायर्सकासञ्चालकसमेत हुन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया