मङ्गलबार, २२ सेप्टेम्बर २०२६

जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार जसपाबाट नवनियुक्त एक मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् भने हसिना खानले राज्यमन्त्रीकाे जिम्मेवारी पाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि राष्ट्रपति पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, यस्ताे छ तयारी

सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ। त्यसअनुरुप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले साेमबार सभामुखलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी विभाजन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट

आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले अशोक राई नेतृत्वको नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

नेपाली कांग्रेसले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

अनलाइन सट्टेबाजीमार्फत २ अर्बभन्दा बढी कारोबार, काभ्रेका २४ वर्षीय युवक पक्राउ

ढुंगानाले विभिन्न व्यक्तिहरुकाे नाममा रहेकाे ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ कराेड ८० लाख काराेबार गरेकाे थिए। यसैगरी १५ वटा वालेटहरु प्रयोग गरी ५ करोडभन्दा बढी बराबरको कारोबार गरेको, ५६ वटा बैंक खाताहरु प्रयोग गरी ६१ करोड ६४ लाख बराबरको कारोबार गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्दैन: कांग्रेस

उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्रपति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन्। उनले भने, 'यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारबाट बाहिरिए स्वास्थ्यमन्त्री उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघ सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले साेमबार पदबाट राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसमा एमाले पनि बाहिरियाे सरकारबाट

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएकाे हाे। एमालेबाट मधेसमा मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशबाट बाहिरिएकाे छ। आइतबार दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएसँगै माओवादी मधेश सरकारबाट बाहिरिएका हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए। उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौँ। समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अख्तियारले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९ महिलामा आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक, रेमिट्यान्स १० खर्बभन्दा बढी पुग्याे

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्छ’

उनले भने, ‘अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ। त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीति‘सरकार छ/छ महिनामा फेरिएका छन्। त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ’, डा भट्टराईको भनाइ थियो। क संरचना बदल्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ

आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएकाे भन्दै उनले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्नाे राख्याैँ। यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा

डा. नेपालले दिएकाे राजीनामा आइतबार राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ। सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले असन्तुष्टि जनाउँदै दिएकाे अभिव्यक्तिले उनी विवादमा तानिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

‘अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ। यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ’, उनले भनेका छन्,  ‘अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले। जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अटोमा चढेर पैसा नतिरे’काे भन्दै चालकले गरे बन्चराे प्रहार गरी दुई महिलाकाे हत्या

शनिबार अपराह्न अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही- १७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही- १० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ