
रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका
हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन्। भौतिकरुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ। नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ। पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए।

बिएल संवाददाता - बागलुङ