बिएल संवाददाता
बलिउड सेलिब्रेटीहरूबीच क्रसकाे कुरा धेरै चर्चा हुन्छ।
आयुष्मान खुरानाको प्रीति जिन्टामाथिको क्रसदेखि लिएर दिलजीत दोसांझ र कार्तिक आर्यनको करीना कपूर खानमा क्रस छ।
त्याेसँगै काजाेलकाे क्रस पनि सार्वजनिक भएकाे छ, जसको पुष्टि फिल्म निर्माता करण जोहरले गरेका छन्।
अक्षय थिए काजाेलकाे क्रस
करण आफैंले काजाेलकाे क्रस अक्षय कुमार रहेकाे बताएका हुन्।
काजोलका श्रीमान् अजय देवगन नभई उनका 'दिल्लगी' फिल्मका सह-कलाकार अक्षय कुमार थिए।
काजाेलकाे क्रसबारे करणले एक रियालिटी शाेमा बताएका थिए।
रियालिटी शाेका प्रस्ताेता मनिष पाेलले करणलाई सोधेका थिए, 'बलिउडमा अजय देवगन बाहेक काजोल म्यामकाे क्रस को थिए?' जसको जवाफमा करणले 'अक्षय कुमार' भने।
अक्षय र काजोललाई ९० को दशकका सबैभन्दा सफल बलिउड स्टारहरूमा गणना गरिए पनि उनीहरूले एकभन्दा बढी फिल्ममा सँगै काम गरेनन्।
दुवैले सन् १९९४ मा रिलिज भएको फिल्म ‘ये दिल्लगी’ मा सँगै काम गरेका थिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया