बुधबार, १२ नोभेम्बर २०२५

धमेन्द्र देओलको संघर्ष– ‘ग्यारेज’देखि ‘बलिउड’सम्म

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बलिउडमा कुनैबेला एकछत्र राज गरेका धमेन्द्र देओल अहिले ८९ वर्षका भए। यतिबेला उनी श्वासप्रश्वास रोगले थलिएका छन्।

केही साताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका उनी बुधबार बिहान घर फर्किसकेका छन्। 

तर उनको स्वास्थ्य अवस्था कस्तो छ यकीन छैन। उनका उपचार गरिरहेका डाक्टर अनि परिवार नै गुपचुप छन्। 

अस्पतालमा उपचाररत धमेन्द्रको मंगलबार निधन भएको खबर फैलियो। जुन खबरको खण्डन उनकी श्रीमती हेमा मालिनी अनि छोरी ईशा देओलले गरेकी थिइन्। 

उपचाररत धमेन्द्रको निधनको खबरले परिवार दुखी थिएनन्, आजीवन काम गरेको बलिउडमा पनि सन्नाटा छायो। र, उनको दर्शकहरूलाई पनि रुवायो। 

बलिउडमा पाँच दशकभन्दा बढी काम गरेका धमेन्द्रको करोडौं दर्शकहरू छन्। जसलाई उनको अभिनयले प्रभावित बनायो। 

000

पन्जाबको लुधियानाको एउटा सानो गाउँमा जन्मिएका थिए धमेन्द्र। सानैदेखि मेहनती उनी 
‘ग्यारेज’ मा काम गर्थे। त्यही सुत्थे। उनको तलब थियो २०० रुपैयाँ। 

त्यति पैसाले पुग्थेन उनलाई। त्यसैले धमेन्द्रले ओभरटाइम काम गर्न थाले। र, आफ्नो गुजारा चलाउन थाले। 

एक अन्तर्वार्ताका बीचमा उनले आफ्नो स्कूले जीवन पनि सम्झिएका थिए। उनका अनुसार स्कूलबाट छुट्टी भएपछि उनी सधैं एक पुलमा जान्थे अनि आफ्नो लक्ष्यबारे सोच्थे। 

भलै, उनलाई फिल्म हेर्न चासो लाग्थ्यो। तर उनको परिवारमा कोही थिएनन्, फिल्म क्षेत्रमा जोडिएका। 

एकदिन उनले अभिनेत्री सुरैयाको फिल्म ‘दिल्लगी’ देखे। तब उनलाई पनि अभिनेता बन्ने रहर जाग्यो। .

000

१९६० को दशकमा सिनेमामा कदम राखेका धमेन्द्र करिब ३०० फिल्महरूमा काम गरे। १९७० को दशकमा उनी ‘सुन्दर पुरुष’ पनि कहलिए। त्यसका साथै उनी ‘वल्र्ड आइरन म्यान’ अवार्डबाट पनि सम्मानित भएका छन्। 

000

धमेन्द्रले दुई वटीसँग विवाह गरे। पहिलो श्रीमतीबाट उनको सनी, बबील, विजेता, अजीता छन् भने हेमा मालिनीबाट उनको दुई छोरी छन्। ईशा र अहाना। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!