बिएल संवाददाता
तृप्ती डिमरी हाल आफ्नो आगामी फिल्म धडक–२ को प्रचारमा व्यस्त छिन्।
हालै एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो परिवारका केही मानिसहरू आफ्नो जन्मबाट खुसी नभएको खुलासा गरिन्।
उनकाे त्याे खुलासाले सबैजनालाई चकित पारेकाे छ।
पछिल्लाे समय बलिउडमा उदाइरहेकी अभिनेत्री हुन्, तृप्ति डिमरी।
दिल्लीमा जन्मिएकी उनले आफ्नो स्कूली शिक्षा दिल्ली पब्लिक स्कूल, फिरोजाबादबाट गरिन्। र, फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट स्नातक गरिन्।
यसपछि उनले पोस्टर ब्वाइजबाट आफ्नो करियर सुरु गरिन्। यद्यपि, उनलाई वास्तविक पहिचान लैला मजनुबाट मिल्यो।
त्याेपछि उनले बुलबुल, काला, एनिमल, ब्याड न्यूज, भूल भुलैया जस्ता फिल्महरूमा पनि काम गरिन्।
अब उनी स्पिरिट, धडक २ जस्ता फिल्महरूमा देखिनेछिन्।
आफ्नो फिल्म करिअरमा जति उनी सफल भइरहेकी छन्, उनकाे पछिल्लाे अन्तर्वार्ताले भने चकित पारेकाे छ।
उनका अनुसार छाेरी बनेर जन्मिएका खुसी थिएनन् तृप्तिका आफन्तहरू।
लगातार छाेरी जन्मिएपछि सबैजनाले छाेरा हाेस् भन्ने चाहन्थे। तर त्यसाे हुन सकेन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया