पूनम पौडेल
जेमा मान्छेको परान (प्राण) अड्किएको हुन्छ,त्यसैले नै छाडेर गएपछि प्राण पखेरु उड्नु स्वभाविक नै हो। तीन भाइ छोरामध्ये आफूसंगै गाउँमा बसेको कान्छो छोरो पनि विदेशिएपछि विछिप्त बनेका बाबुलाई काठमाडौं बसेको माहिलो छोरोको आदर सत्कारले पनि तान्न सक्दैन। पूर्ख्यौली घर नै फर्केपछि छोराहरूले बुढेसकालमा छोराछोरीका लागि घाँडो नबनिदिनु भनेर वचन लाएपछि त्यहि रनाहाले प्राण त्याग्न पुगेका पात्रको कथा हो ‘परान’।
नेपालमा अधिकांश घरका सबै छोराछोरी वा कम्तीमा एकजना सदस्य अहिले विदेशमा छन्। छोराछोरीको न्यास्रो, बूढो हुँदै गएको शरीर, एक्लोपन अहिले हरेक घरका कथा हुन्। यहि कथा बोकेको परानले दर्शकहरूलाई हलसम्म तानिरहेको छ।
मुख्य पात्रका रुपमा रहेका धर्मनाथ अर्थात नीर शाहको वरिपरि चलचित्र घुमेको छ। अन्य कलाकार सहायक पात्र मात्रै लाग्छन्। नीर शाहको अभिनयमा टिप्पणी गर्नु दुस्साहस हो तर कहीँकहीँ उनको अभिनय अलिक नाटकीय लाग्छ खासगरी संवादमा।
माहिलो छोरालाई पूर्ख्यौली घरमा फर्काउन काठमाडौं आएका धर्मनाथ घरभित्र गुम्सिएर बस्दा दिक्क लागेर बाहिर निस्कँदा नौलो परिवेशमा अक्क न बक्क पर्दा भने उनको अभिनय अत्यन्तै जीवन्त र स्वभाविक छ।
धर्मनाथकी श्रीमतीको भूमिकामा पुजा चन्द लामा छिन्। उनको अभिनय सामान्य छ। आफ्नो साथमा भएको कान्छो छोरो पनि विदेशिँदा भने उनी पति जति दुःखी देखिन्नन् जुन चाहिँ कताकति अस्वभाविक लाग्छ। छोरा–बुहारीको भूमिकामा रहेका कलाकारहरूको अभिनय स्वभाविक छ।
कान्छो छोराको अभिनय सशक्त। खासगरी घर छोडेर विदेशिँदा बाबुलाई अंगालो मारेर रोएको दृष्यमा उनको अभिनय जीवन्त छ। उसो त छोरोलाई बिदा गरेपछि बाटोको छेउमा थचक्क बसेर डाको छोडेर धर्मनाथ रुदाँ दर्शक पनि भाव विह्वल हुन पुग्दछन्।
दीपक आचार्यको निर्देशनमा खोट लगाउने ठाउँ छैन। मानवीय संवेदनाले भरिपूर्ण र हरेक जसो घरको कथा भएकोले पनि दर्शकले सिनेमा अवधिभर आफूलाई कथामा समाहित गर्न पुग्छन्। सायद त्यसैले पनि होला चलचित्र तेस्रो हप्तामा पनि हाउसफुल चलिरहेको छ।
चलचित्रलाई शेखर गोल्छा र रन्जित आचार्यले निर्माण गरेका हुन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया