सोमबार, २४ नोभेम्बर २०२५

अधूरै रह्यो धमेन्द्र देओलको त्याे अन्तिम इच्छा...

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कुनैबेला बलिउडमा ‘ह्यान्सम’को उपनाम पाएका अभिनेता धमेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ। 

लामो समयदेखि थलिएका उनले सोमबार संसार त्यागेका हुन। उनको निधनको कारण अहिले बलिउड मात्र होइन पूरै भारतमा नै स्तब्ध छाएको छ।

उनको निधनको कारण प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफू दुःखी भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

उनको पार्थिव शरीरलाई मुम्बईको विले पार्लैस्थित पवन हन्स शमशामघाटमा जलाइएको थियो। उनको निधनमा देओल परिवारसहित पूरै बलिउड कलाकारहरूको उपस्थिती रहेको थियो। 

उनको निधनसँगै धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’को पोस्टर पनि रीलिज भएको छ। जुन सोसल मिडियामा अहिले भाइरल भइरहेको छ। 

अहिले दर्शकहरू धमेन्द्रको अन्तिम फिल्म हेर्न उत्साहित छन्। तर, बिडम्बना उनले आफ्नो अन्तिम फिल्म हेर्न सकेनन्। 

उनको अन्तिम इच्छा थियो कि ८ डिसेम्बर उनको जन्मदिन भव्यकासाथ मनाउने र २५ डिसेम्बर रीलिज हुने उनको फिल्म ‘इक्किस’ हेर्ने। तर अपसोच, उनको त्यो इच्छा पूरा हुने सकेन। 

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘बूढो भइसकेको छु। तर सिनेमा मेरो जीन्दगी हो। फिल्म हेरेरै मेरो आँखा बन्द गर्छु।’ तर उनको इच्छा पूरा भएन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!