आइतबार, १४ डिसेम्बर २०२५

शरद मल्होत्राको प्रेममा पागल थिइन् दिव्यांका त्रिपाठी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतीय टीवीकी अभिनेत्री दिव्यांका त्रिपाठी आफ्नो अभिनयको कारण चर्चित छिन्। उनले आफूलाई घर–घरमा चिनाएकी छिन्। 

उनको करिअर जति राम्रो छ, त्यतिकै दुःखदायी छ उनको व्यक्ति जीवन। दिव्यांकाले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेकी छिन्। 

उनले अहिले आफ्नो जीवन अभिनेता विवेक दहियाका साथ खुसीका मनाइरहेकी छिन्। तर, उनको नाम भने अर्को अभिनेता शरद मल्होत्रासँग जोडिएको थियो। 

उनीहरूको भेट ‘बन्नु मे तेरी दुल्हन’ मा भएको थियो। विस्तारै उनीहरू नजिक भए। र, प्रेम सम्बन्धमा बाँधिए। तर, ८ वर्षसम्म प्रेम सम्बन्धमा रहेका उनीहरूको ब्रेकअप भयो। 

दिव्यांकालाई आफ्नो ब्रेकअपबाट छुटकारा पाउन निकै समय लाग्यो। शरदको प्रेममा उनी यतिधेरै पागल भइसकेकी थिइन् कि कुनैपनि हतमा जान तयार थिइन्। 

उनले एक इन्टरव्यूमा बताएकी थिइन् कि उनले शरदलाई पाउनको लागि ‘कालो जादू’को समेत साहारा दिएकी थिइन्। तर, त्यसबाट उनलाई केही फाइदा भएन। 

जब उनीहरूको सम्बन्ध टिकेन, त्यसपछि अभिनेत्री आफ्नो जीवनमा ‘मभअन’ भइन्। 

लामो समयपछि उनको जीवनमा विवेकको प्रवेश भयो। र, उनीहरूले सन् २०१६ मा विवाह गरे। अहिले दर्शकहरूले उनीहरूको जोडीलाई रुचाएका छन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!