बिएल संवाददाता
भारतमा कपिल शर्मालाई नचिन्ने सायदै होलान्। उनले स्वदेशमा मात्र होइन विदेशमा पनि आफ्नो पहिचान बनाएका छन्।
उनी कुनै सुपरस्टारभन्दा कम छैनन्। तर, उनको लागि यो यात्रा त्यतिधेरै सहज थिएन।
देश–विदेशमा नाम कमाउनअघि उनी सामान्य जीवन जिउँथे। तर, आफ्नो कडा परिश्रम र मेहनतको कारण उनले आफ्नो भाग्य बदले। र, घर–घरमा आफ्नो छुट्टै पहिचान बनाए।
000
अहिले कमेडी गरेर दर्शकलाई हँसाउने कपिलको जन्म पन्जाबको अमृतसरमा भएको थियो। उनका बुबा प्रहरी थिए। कपिलले आफ्नो जीविकोपाजनको लागि सानोतिनो काम गरे।
भलै, उनको बुबाको निधनपछि घरको सबै जिम्मेवारी कपिलको काँधमा आइपर्यो। उनले १० कक्षापछि ‘पिसिओ’मा काम गरे। जहाँ उनलाई ५०० रुपैयाँ तलब दिइन्थ्यो।
000
कपिल शर्माले १० वर्ष थिएटरमा काम गरे। उनले सुरुवाती चरणमा ‘हसदे हसाँन्दे’ शोमा काम गरे। त्यसपछि उनले ग्रेट इन्डिया लाफ्टर च्यालेन्जमा अडिशन दिए। र, २००७ सालमा त्यो शोको विजेता पनि भए।
तर, उनलाई सबैभन्दा धेरै पहिचान ‘कमेडी नाइट्स विद कपिल’ बाट मिल्यो। शून्यबाट सुरु गरेका कपिललाई अहिले कुनै कुराको कमी छैन। अहिले उनी शान्दार जीवन बाँचिरहेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया