बिएल संवाददाता
बलिउडका चर्चित कमेडियन राजपाल यादव यतिबेला मुश्किल समयमा छन्। चेक बाउन्स मुद्धामा उनले दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका छन्।
आत्मसमर्पंण गर्नअघि उनी अधिकारीहरूको अगाडि निकै भावुक भएका थिए। उनले आफूसँग कोही नभएको र, पैसा पनि नरहेको बताएका थिए। उनले आफूसँग कुनै विकल्प नरहेको बताएका थिए।
राजपालको मुश्किल समयमा अहिले अभिनेता सोनू सूद सर्पोटमा उत्रिएका छन्। उनले इन्डस्ट्रीमा राजपालले गरेको योगदानबारे सम्झाउँदै एउटा अपिल पनि गरे।
सोनूले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन्। उनले उक्त पोस्टमार्फत राजपालको सहयोग गर्न अपिल पनि गरेका छन्। त्यसका साथै उनले आफ्नो आउनेवाला फिल्ममा राजपालको सहभागिता रहने बताउँदै केही पैसा अगाडि नै दिने पनि बताए।
राजपालको मुद्धा के हो?
उनको कानूनी विवाद २०१० बाट चलिरहेको छ। उनले आफ्नो फिल्म ‘अता पता लापता’ को लागि मुरली प्रोजेक्ट्स प्राइवेट लिमिटेडबाट ५ करोड रुपैयाँ कर्जा लिएका थिए। तर, फिल्म फ्लप भयो। र, राजपालले भारी नोक्सान व्यर्होनुपर्यो।
उनले जुन चेक दिएका थिए, त्यो बाउन्स भइदियो। त्यसपछि त्यो कुराले कानूनी रुप लियो। सोही मुद्धामा २०१८ सालमा उनीसहित श्रीमतीलाई ६ महिनाको सजाय सुनाइएको थियो।
तर, बारम्बार पनि उनले पैसा तिर्न सकेनन्।
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया