बिएल संवाददाता
यतिबेला बलिउडका अभिनेता राजपाल यादव मुश्किलमा छन्। एक फिल्म बनाउनका लागि चलाएको पैसा तिर्न नसकेको कारण उनले आत्मसमर्पण गरे।
५ फरवरीको साँझबाट उनी तिहाड जेलमा बसिरहेका छन्। राजपालले २०१० मा मुरली प्रोजेक्ट प्राइवेट लिमिटेड नामको कम्पनीबाट पैसा लिएका थिए।
तर, उनले कुन फिल्मको लागि पैसा लिएका थिए? र, त्यो फिल्मले कति पैसा कमायो?
सन् १९९९ मा उनले ‘दिल क्या करे’ नामको फिल्मबाट अभिनेता बनेर डेब्यू गरेका थिए। र, २०१० सालमा ‘अता पता लापता’ नामको फिल्म आएको थियो, जसबाट उनले आफ्नो डायरेक्टोरियल डेब्यू गरेका थिए।
उनी फिल्मको प्रोड्यूसर पनि थिए। त्यो फिल्म उनीद्वारा प्रोड्युस गरिएको थियो। उनले अभिनय पनि गरेका थिए।
‘अता पता लापता’को कमाइ
त्यो फिल्मको लागि उनले ५ करोड रुपैयाँ उधारो लिएका थिए। त्यो फिल्म सफल हुने आश थियो उनको। तर, उनले खर्च गरेअनुसारको पैसा उठ्नै सकेन।
११ करोड लागेको फिल्मले ४३ लाख पनि मुश्किलले उठायो। फिल्मले ५० लाख पनि उठाउन सकेन।
बाउन्स भयो ‘चेक’
दर्शकहरूले उनको फिल्मलाई रुचाएनन्। र, फिल्मले सबैभन्दा धेरै नोक्सान व्यर्होनुपर्यो। फिल्म फ्लप भएकै कारण उनले आफ्नो उधारो चुकाउन सकेनन्।
उनले पैसा तिर्नका लागि चेक पनि दिएका थिए तर, बाउन्स भइदियो। त्यही मुद्धा अहिलेपनि चलिरहेका छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया