भुवन केसी
शिजुओकावासी नेपाली समुदायको आयोजनामा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा प्रेरणादायी कार्यक्रम ‘सपना, साधना र सफलता’ आयोजना हुने भएको छ।
फेब्रुअरी १४ (शनिबार) साँझ ६ देखि ९ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम शिजुओकास्थित Miraie Community Hall (421-0035, 12-4) मा सम्पन्न हुने आयोजकले जनाएको छ।
कार्यक्रममा महानायक हमालले आफ्ना जीवनका अनुभव, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गर्नेछन्। सहभागीहरूले प्रत्यक्ष रूपमा उनीसँग अन्तर्क्रिया गर्ने अवसर समेत पाउनेछन्।
विदेशमा रहेका नेपालीहरूका लागि प्रेरणा र नेपालीपनलाई जोड्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ।
आयोजकले शिजुओका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवार र साथीभाइका साथ उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन्।
थप जानकारीका लागि सुमन (080-6759-2062) र विवेक (080-1765-7605)लाई सम्पर्क गर्न सकिनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया