भुवन केसी
गायक सज्जनराज वैद्यले पहिलोपटक जापानमा प्रस्तुति दिने भएका छन्।
आगामी २०२६ मार्च १० तारिखका दिन टोकियोस्थित योयोगी .राष्ट्रिय रंगशालामा उनकाे लाइभ कन्सर्ट हुल लागेकाे हाे।
विश्वका विभिन्न देशहरूमा सफल सांगीतिक कार्यक्रम गरिसकेका वैद्यको जापान कन्सर्टलाई यहाँ रहेका नेपाली समुदायले उत्साहका साथ प्रतीक्षा गरिरहेका छन्।
विशेषगरी जापानमा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा बसोबास गरिरहेका नेपाली युवाहरूबीच यो कार्यक्रमले विशेष उत्साह थपेको छ।
आयोजकका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ भने टिकट बिक्रीसम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिनेछ।
कन्सर्टमा वैद्यका चर्चित प्रेमगीत तथा समसामयिक भाव बोकेका गीतहरू प्रत्यक्ष प्रस्तुत गरिने बताइएको छ।
जापानमा पहिलो पटक हुन लागेको यस प्रस्तुतीले यहाँको नेपाली समुदायलाई सांगीतिक रूपमा एकै ठाउँमा जोड्ने विश्वास लिइएको छ।
आयोजकहरूले कार्यक्रममा सहभागी भई ऐतिहासिक क्षणको साक्षी बन्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया