बिएल संवाददाता
स्वर्गीय उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममार्फत प्रदर्शनका लागि तयार भएको छ।
निर्माण पक्षका अनुसार, यस वृत्तचित्रको प्रदर्शनबाट संकलित आम्दानीको प्रमुख हिस्सा ‘उज्वल थापा फाउन्डेसन’लाई प्रदान गरिने जनाइएको छ। जसले उनले अघि बढाएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वृत्तचित्रले उज्वल थापाको बाल्यकालदेखि अमेरिकामा हासिल गरेको शिक्षासम्म र त्यसपछि नेपाल फर्किएर उद्यमशीलता तथा वैकल्पिक राजनीतिक सोचमार्फत देश परिवर्तनका लागि उनले गरेको संघर्षलाई गहिराइका साथ प्रस्तुत गरेको छ।
दुर्लभ भिडियो सामग्री, उनका सहकर्मी, साथी तथा आलोचकहरूको अनुभव समेटिएको यो वृत्तचित्रले समाजलाई प्रश्न गर्न र व्यक्तिगत जिम्मेवारी लिन प्रेरित गर्ने व्यक्तित्वको सशक्त चित्रण गर्दछ। निर्माण पक्षका अनुसार, यो केवल एक व्यक्तिको जीवनी नभई समृद्ध नेपालको सपना देख्ने पुस्ताका लागि प्रेरणादायी कथा हो।
वृत्तचित्र नेपालसहित विश्वभरका दर्शकले डीगो एपमार्फत हेर्न सक्नेछन्। शुल्क संरचनाअनुसार नेपालमा हेर्न १९९ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियाका दर्शकका लागि ४.९९ अमेरिकी डलर तथा अन्य देशका लागि २.९९ अमेरिकी डलर निर्धारण गरिएको छ।
उज्वल थापा फाउन्डेसनले युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। वृत्तचित्रबाट प्राप्त सहयोगले यी अभियानहरूलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया