आइतबार, १२ अप्रिल २०२६

चर्चित गायिका आशा भोस्लेको निधन

News Image
• • •

बलिउडकी चर्चित गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ।

हृदय र श्वासप्रश्वाससम्बन्धी समस्यापछि शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी आशाको आइतबार दिउँसो निधन भएको छोरा आनन्द भोस्लेले पुष्टि गरेका छन्।

पछिल्ला केही महिनादेखि उनी अस्वस्थ थिइन् र गम्भीर अवस्थामै अस्पताल लगिएको थियो। शनिबार राति उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो।

उनको अन्त्येष्टि भने भोलि सोमबार गरिने उनका छोरालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

दशकौंसम्म बलिउडको स्वरका रूपमा परिचित उनी आधुनिक भारतीय संगीतकी महान् गायिकामध्ये एक मानिन्थिन्। उनले थुप्रै नेपाली गीतहरू पनि गाएकी छन्।

उनले गाएका मोहनी लाग्ला है, यति धेरै माया दिएउ, एउटा मान्छेको मन, साउने झरीमा, झझल्को लिएर आएछ, बाटुली: ‘बसन्त नै बास्न खोज्छ’, म प्यार बेची दिन्छु, को होला मेरो मायालुलगायत कालजयी नेपाली गीतहरू छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!